दुई नाल बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

छर्रा लागेर घाइते भएका रमौली मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ । प्रहरी टोलीले घटनामा प्रयोग गरिएको भनिएका दुई नाल भरुवा बन्दुकसहित गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका

काठमाडौँ, १७ कार्तिक । रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले चाबहिल

काठमाडौँ, १७ कार्तिक । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले