निःशुल्क योग साधना अभियान

काठमाडौँ, १७ कार्तिक । रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ ।

शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन् ।

गङ्गा कार्कीले झन्डै दुई वर्षअघि सुरु गरेकाे निःशुल्क योग साधना अभियान अहिले रुपन्देहीका दर्जनभन्दा बढी स्थानमा विस्तार भएको छ । बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनीलगायत क्षेत्रमा विभिन्न समयमा योग तथा ध्यानका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

अभियानमा सहभागी हुनेहरूमा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकसमेत रहेका छन् । नियमित योग अभ्यासले शरीरलाई सक्रिय बनाउनुका साथै मानसिक शान्ति, सकारात्मक सोच र अनुशासित जीवनशैली विकास गर्न सहयोग पुगेको सहभागीहरूको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका

काठमाडौँ, १७ कार्तिक । रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले चाबहिल

काठमाडौँ, १७ कार्तिक । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले