काठमाडौँ, १७ कार्तिक । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।
प्रशासनका अनुसार, मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यसअघि सोही कार्यका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो ।






