अष्ट्रेलियामा रोजगारीको माग घट्दै

एजेन्सी, १७ असोज । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ ।

यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ हजारले घटेर ३ लाख २५ हजार पुगेका छन् ।

यसअघि मेसम्मको तीन महिनामा पनि रोजगारीका रिक्त पद २।२ प्रतिशतले घटेका थिए । यसरी लगातार दुई अवधिमा रिक्त पद घट्नुले अष्ट्रेलियाको रोजगारी बजारमा मागको अवस्था केही कमजोर बनेको देखाएको छ ।

रोजगारीका रिक्त पदमा आएको पछिल्लो गिरावट मुख्य रूपमा निजी क्षेत्रबाट भएको हो । अगस्टसम्मको तीन महिनामा निजी क्षेत्रका रिक्त पद २ प्रतिशत अर्थात् ५ हजार ८ सयले घटेका छन् ।

यसको विपरीत, सार्वजनिक क्षेत्रमा भने रिक्त पद बढेका छन् । सोही अवधिमा सार्वजनिक क्षेत्रका रिक्त पद ७।८ प्रतिशत अर्थात् २ हजार ८ सयले वृद्धि भएका छन् । यसले निजी र सार्वजनिक क्षेत्रको रोजगारी मागबिच फरक अवस्था देखाएको छ । निजी क्षेत्रमा नयाँ कर्मचारी आवश्यक पर्ने पदको सङ्ख्या घट्दा सार्वजनिक क्षेत्रमा भने थप कर्मचारी आवश्यक पर्ने पद बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र