‘फास्ट एन्ड फ्युरियस’ अब टिभी श्रृंखलाको रुपमा आउने

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ ।

ओटीटी प्लाटफर्म पिककले बिहीबार यो फ्रेन्चाइजमा आधारित नयाँ सिरिज निर्माणका लागि औपचारिक रूपमा ग्रिनलाइट दिएको घोषणा गरेको हो ।

यस वर्षको सुरुमा एनबीसीयुनिभर्सलको ‘अपफ्रन्ट्स’ कार्यक्रममा यो सिरिज विकासको चरणमा रहेको पहिलोपटक सार्वजनिक गरिएको थियो । मेमा आयोजित उक्त कार्यक्रममा अभिनेता विन डिजेलले ‘फास्ट एन्ड फ्युरियस’को स्क्रिप्टेड सिरिज निर्माण भइरहेको बताएका थिए ।

डिजेल सिरिजका कार्यकारी निर्मातासमेत रहनेछन् । उनीसँगै वान रेसका साम भिन्सेन्ट, ओरिजिनल फिल्मका निल एच. मोरिट्ज र पवन शेट्टी तथा जेफ किर्सेनबाउम र क्रिस मोर्गन प्रोडक्सन्सका क्रिस मोर्गन कार्यकारी निर्माताका रूपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।