जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

एजेन्सी, १७ असोज । जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ ।

जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो । सरकारी तथ्यांकअनुसार पाँच महिनापछि पहिलोपटक बेरोजगारी दर बढेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका मानिसको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर ६ करोड ८३ लाख ४० हजार पुगेको छ । रोजगारी गुमाएका वा छोडेका मानिसमध्ये ८ लाख १० हजारले स्वेच्छाले जागिर छोडेका थिए । राम्रो कामको अवस्था खोज्ने उद्देश्यले जागिर छोड्नेको सङ्ख्या जुलाईको तुलनामा ८ प्रतिशतले बढेको हो ।

त्यस्तै, ४ लाख मानिसलाई रोजगारदाताले कामबाट हटाएका थिए । यस्तो सङ्ख्या अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । अगस्टमा नयाँ रोजगारी खोज्ने मानिसको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्यांकअनुसार अगस्टमा प्रत्येक १०० जना रोजगारी खोज्ने मानिसका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए । यो अनुपात जुलाईकै स्तरमा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र