काठमाडौँ, १ असोज । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ ।
आज महासचिव शङ्कर पोखरेलले मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक र भव्य रूपमा मनाउन निर्देशन दिएका हुन् ।





