पाकिस्तानमा बम विस्फोट हुँदा ६ सैनिकको मृत्यु

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिवानका सदस्य रहेको आशङ्का गरिएका १० जना आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले शुक्रबार जनाएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको स्थानीय अधिकारीहरूले बताएका छन् । विस्फोटमा छ सैनिकको मृत्यु भएको पुष्टि गरिएको छ ।

सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गरिएको विभिन्न गुप्तचर सूचनामा आधारित कारबाहीका क्रममा सन्दिग्ध आतङ्ककारी लुकेका स्थानमा छापा मारिएको थियो । ती कारबाहीमा १० जना आतङ्ककारी मारिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र