नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।

नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठुला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने उनले बताए । मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आइपुगेको दाबी उनले गरे । गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण र सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनले स्पष्ट पारे ।

राष्ट्रिय राजनीतिमा नेकपाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्र, गणतन्त्र, संविधान र सङ्घीयताको रक्षाका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि लडेका शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले हाम्रो देश ठुलो सङ्कटमा छ। विदेशीहरूको चलखेल चलिरहेको छ । राष्ट्रियता सङ्कटमा छ। हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? यो हामीलाई चिन्ता छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि