बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन् ।

आज काठमाडौँमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।

दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए । उनले करिव १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे ।

उनले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए । चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदारका रूपमा रहेको उनले बताए ।

उनले भने, ‘इतिहास तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसलाई पढिन्छ र बुझिन्छ । एकअर्काको इतिहास बुझ्दा समाज र देशहरू सांस्कृतिक रूपमा अझ नजिक हुन्छन् । यो पुस्तक धेरैभन्दा धेरै नेपाली पाठक, विशेषगरी युवा पुस्तासम्म पुगेर नेपाल–चीन सम्बन्ध, बौद्ध धर्म र ताङ वंशसँग जोडिएको ऐतिहासिक सम्बन्ध बुझ्न सहयोग पुग्ने विश्वास लिएको छु ।’ ‘मित्र राष्ट्रहरूबीचको दिगो सम्बन्ध वर्तमान सहकार्यमा मात्र होइन, साझा इतिहास र परम्पराप्रतिको सम्मानमा पनि आधारित हुन्छ । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ । पारस्परिक हित र सहकार्यका क्रममा व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका