एमाले अझै सुध्रिएन, सांसद खरिद–बिक्रीमा लाग्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाएका छन् ।

बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ । आज काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए ।

एमालेको नामै लिएर आक्रोश पोखेका लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाए। अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै उनले आफ्ना सांसदहरूलाई ‘खसी–बाख्रा’ सँग तुलना गरे।

उनले भने, ‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ,’ ‘तर आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’

पार्टीको नामबाट चुनाव जितेर जाने तर पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी दिए। ‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ लिङ्देनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्