एमाले अझै सुध्रिएन, सांसद खरिद–बिक्रीमा लाग्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाएका छन् ।

बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद किनेको उनको दाबी छ । आज काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए ।

एमालेको नामै लिएर आक्रोश पोखेका लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाए। अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै उनले आफ्ना सांसदहरूलाई ‘खसी–बाख्रा’ सँग तुलना गरे।

उनले भने, ‘एमालेजस्तो पार्टीले विगतका विकृति सच्याउन नसकेको र फेरि सांसद खरिद–बिक्रीको अभ्यास दोहोर्‍याएको देखिन्छ,’ ‘तर आफ्नै थैलो हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने ? आफ्नै मान्छे खसी–बाख्राजस्तो बिक्री हुन तयार भएपछि हामीले के भन्ने ?’

पार्टीको नामबाट चुनाव जितेर जाने तर पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने काम कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी दिए। ‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ लिङ्देनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र