माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ, २८ भदौ । माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

शुक्रबार अपरान्ह बसेको सञ्चालक समितिको ५६४ औं बैठकले आफ्ना सेयरधनीलाई चूक्ता पूँजीको ६ प्रतिशत (कर सहित) लाभांश घोषणा गरेको हो ।

जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्‍याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटीएम मार्फत १८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र