चोभारमा जोखिम छ, सुरुङ बनाऔँ : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।

आज काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तन सक्ने र वैकल्पिक रूपमा सुरुङ निर्माण गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।

उनले यहाँ विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने औँल्याए । चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै उनले त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए ।

उनले भने, “चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ । त्यसैले महानगरपालिकालाई एउटा सुझाव दिन चाहन्छु– चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ,” ।

एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । “अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् । त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ,” उनले भने, “चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप

काठमाडौँ, २८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ