चोभारमा जोखिम छ, सुरुङ बनाऔँ : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।

आज काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तन सक्ने र वैकल्पिक रूपमा सुरुङ निर्माण गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।

उनले यहाँ विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने औँल्याए । चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै उनले त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए ।

उनले भने, “चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ । त्यसैले महानगरपालिकालाई एउटा सुझाव दिन चाहन्छु– चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ,” ।

एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । “अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् । त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ,” उनले भने, “चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग