प्रधानसेनापति सिग्देल चीन प्रस्थान

काठमाडौँ, २८ भदौ । प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन प्रस्थान गरेका छन् ।

चीनको औपचारिक निमन्त्रणमा भदौ २८ देखि असोज ३ गतेसम्मको लागि उनी भ्रमणमा गएका हुन् ।

भ्रमणका दौरान प्रधानसेनापति सिग्देल त्यहाँमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।

“उक्त भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अमेरिकाको विदेश मन्त्रालयले थप

काठमाडौँ, २८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ