आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौँ, २७ भदौ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ ।

विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइसराइ गर्ने गरेका छन् ।

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ “ बसाइसराइ यात्रा सहज हुँदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ । ”

यसैगरी बसाइसराइ गर्नेहरूलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभै बसाइसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग