लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ, २७ भदौ । बागलुङको बुर्तिबाङबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा प्रहरीले छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको छ ।

प्रहरीले एक हजार ५०० ग्राम गाँजा र ३८० ग्राम चरेस बरामद गरेको छ । जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी