काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । उनले भने, “त्यसैले दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” ।
प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए । शाहले रसुवा बाढी सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन् ।
“आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकको पीडामा मै गहिरो महसुस गरेको छु,” उनले भने, “यो पीडा रसुवा, नुवाकोट, धादिङको मात्रै होइन । सिंगो नेपालको छातिमा परेको बज्रपात हो ।” उनले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए । “मन भक्कानिँदा पनि एक आपसमा विलौना गर्ने समय छैन,” उनले भने ।






