सुरुङभित्र फसेका नागरिकको अविलम्ब उद्धार गरियोस् : कांग्रेस

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आठौं बैठकले आपत्ति जनाएको हो । ‘उद्धारको कार्यमा अहोरात्र खटेका नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य प्रशासनिक निकायको भूमिकाप्रति बैठकले सह्राना र सम्मान प्रकट गरेको छ,’ प्रेस नोटमा भनिएको छ, ‘तर, सुरुङभित्र फसेकाहरुको उद्धारमा सरकारले प्रकट गरेको अदूरदर्शिता र अकर्मण्यताप्रति बैठकले गम्भीर रोष प्रकट गरेको छ ।’

कांग्रेसले सरकारलाई सुरुङभित्र फसेका इञ्जिनियर र श्रमिकहरूलाई छिमेकी राष्ट्रको सहयोगमा विज्ञमार्फत २-३ दिनभित्रै उद्धार गर्नु जिम्मेवार सरकारको कर्तव्य स्मरण गराएको छ । ‘अन्तर्राष्ट्रिय सहयोग लिन नचाहने, लिन ढिलाई गर्ने अनि जलविद्युत् आयोजनाका प्रवद्र्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्धारको अनुमति नदिने जे व्यवहार सरकारले ग¥यो, यो गलत मात्र होइन, अन्ततः अमानवीय प्रमाणित हुँदैछ,’ प्रेस नोटमा भनिएको छ ।

प्रतिष्ठानको बैठकले सुरुङभित्र फसेका नागरिकको अविलम्ब उद्धार र उचित निकास निकाल्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । अमेरिकी संस्था सामारिटन्स पर्सले नेपालका बाढीपीडितलाई पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री राहत सामग्री नेपाल आइपुगेको

काठमाडौँ, १७ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ हजार ८

काठमाडौँ, १७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १७ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको