अझै दुई दिन धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

मंगलबार भोली दिउँसो देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

बुधबार (भदौ १७) दिउँसो पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर