जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु

काठमाडौँ, २५ साउन । ५५ दिनको अवधिमा जापानी इन्सेफलाइटिसबाट देशभर ९ जनाको मृत्यु भएको छ ।

कुल ४६ जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकामा ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले  पुष्टि गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा नौ जनाको मृत्यु भएको हो । उपलब्ध तथ्यांक अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै ६ जनाको मृत्यु भएको छ ।

जसमा झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी ११ जना बिरामी परेका छन् भने धनुषा र रौतहटमा १–१ जना गरी कुल २ जनाको मृत्यु भएको छ ।

यसैगरी दाङमा १ जनाको मृत्यु भएको छ । मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएका हुन् । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस सर्छ । यो मान्छेबाट मान्छेमा भने सर्दैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१० बरीपाटीकी ५५ वर्षीया आशा

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ