गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।

पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन् । गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पुर्याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।

गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका हुन् । २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत