मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन् ।

ठक्कर दिने मोटरसाइकलका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका नाम थर वतन नखुलेका ५०–५५ वर्षका पुरुषलाई ठक्कर दिँदा सख्त घाइते भएका छन् ।

मोटरसाइकल चालक महाभारत-६ घर भई हाल बनेपा-४ नालामा डेरा गरी बस्ने २७ वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन् । दुवैको  शीरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पैदल यात्रुको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेका छन् । मोटरसाइकल चालक घिसिङको पनि टाउकोमा चोट लागेको छ तर उनी बोल्न सक्ने अवस्थामै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,