पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, २५ साउन । सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

साउन महिनाको प्रत्येक सोमबार सशस्त्र प्रहरी परिवार महिला सङ्घले आयोजना गर्दै आएको सो कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकसहितको टोलीले दर्शनार्थी भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको हो ।

शिविरमार्फत श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि तथा खानेपानी समेत वितरण गरिँदै आएको छ । यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनार्थी आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरस्थित बागमती किनारमा १० जनाको विपद् व्यवस्थापन टोली र्‍याफ्ट बोट तथा आवश्यक उद्धार सामाग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१० बरीपाटीकी ५५ वर्षीया आशा

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ