सामाजिक सद्‌भाव नै राष्ट्रिय एकताको आधार : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छिन् ।

आज तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन् ।

उनले भनिन्, ‘केही दिनयता सुनसरीसहित पूर्वी तराईका जिल्लाहरूमा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाहरूले हामी सबैको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबीचको एकता, आपसि सम्मान, सहष्णिुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो । आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदिबहिनि, तथा दाजुभाईहरूलाई संयमता अपनाउन, अफबाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासनलाई सुदृढ बनाउन आआफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न म हार्दिक आह्वान गर्न चाहन्छु,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको

काठमाडौँ, १७ साउन । आज बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको

काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा

काठमाडौँ, १७ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले