अण्डाको मूल्य घट्यो

काठमाडौँ, ५ साउन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । 

आज चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दर तय गरेको हो । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।

देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको  जनाएको छ।

यसअघि गत जेठ २८ गते काठमाडौँमा बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी मूल्य तय गरेको थियो । नयाँ र पुरानो दुवै निर्णयमा चितवनलाई नै मुख्य आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तय गरिएको संघले जनाएको छ ।

नयाँ दररेट अनुसार सबै भन्दा ठुलो  साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो । पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ । 

यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर खारेज गर्ने सरकारको निर्णयको सकारात्मक भएको

काठमाडौँ, ५ साउन । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट ७ वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरूले सोही

काठमाडौँ, ५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार