म नेपाल फर्कंदै छु : देउवा

काठमाडौँ, ५ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । उक्त सन्देशमा देउवाले अहिले देशले प्रतिशोध नभइ सहकार्य चाहेको उल्लेख गरेका छन् ।

देउवाले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ ।

साथै, उनले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit