हर्क साम्पाङद्वारा जानकी मन्दिर जाने कार्यक्रम रद्द  

काठमाडौँ, ५ साउन । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् ।

यसअघि उनको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट लखेटेका थिए । सम्भावित मुठभेडलाई ध्यानमा राख्दै मन्दिर परिसरमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ भएको थियो ।
विवाद उत्पन्न भएपछि हर्क साम्पाङ जानकी मन्दिर जाने कार्यक्रम स्थगित गर्दै सोझै जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगे । 

त्यहाँ आयोजित श्रम, संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३