मुख्यमन्त्री आचार्यद्वारा रोल्पा पहिरोमा बेपत्ताको खोजी तीव्र पार्न अपिल

काठमाडौँ, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारा क्षेत्रमा पहिरामा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गरेका छन् ।

अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र नौ जना बेपत्ता रहेको घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन हुन भनेका छन् ।

मुख्यमन्त्री आचार्यका अनुसार घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार कार्य जारी छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमै पुगेर समन्वय गरिरहेका छन्। बेपत्ता नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन उनले निर्देशन दिएका हुन्।

खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधन तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताएका छन्। उद्धारमा खटिने जनशक्तिलाई सम्भावित थप पहिरो र अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २९ साउन । उज्यालो नेपाल पार्टी (उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका