काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको निधन र ५ जना बेपत्ता भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा बिहीबार जारी विज्ञप्तिमा विपद्मा परी अकालमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको हो । साथै, रास्वपाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको प्रभावकारी खोजी र उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।





