७ लाख ५६ हजार किशोर–किशोरीका सामाजिक सञ्जाल अकाउन्ट मेटाले हटाइदियो

एजेन्सी, २८ साउन । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर–किशोरीले प्रयोग गरेको आशङ्का गरिएका ७ लाख ५६ हजारभन्दा बढी अकाउन्ट हटाएको जनाएको छ । 

अस्ट्रेलियामा किशोरलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुनको कार्यान्वयन कडा बनाउने तयारी भइरहेका बेला मेटाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मेटाका अनुसार गत डिसेम्बरमा सामाजिक सञ्जालसम्बन्धी प्रतिबन्ध लागू हुनुअघिदेखि जुनसम्ममा ४ लाख ६२ हजार इन्स्टाग्राम र २ लाख ९४ हजार फेसबुक अकाउन्ट निष्क्रिय पारिएका छन् । यसअघि जनवरीसम्ममा कम्पनीले ३ लाख ३१ हजार इन्स्टाग्राम र १ लाख ७३ हजार फेसबुक अकाउन्ट हटाएको जनाएको थियो । पछिल्लो तथ्यांकले हटाइएका अकाउन्टको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखाएको छ ।

अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानुन डिसेम्बर १० देखि लागू भएको थियो । बालबालिका तथा किशोरको शारीरिक र मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्न सक्ने असरबारे चिन्ता बढेपछि सरकारले यस्तो कानुन ल्याएको हो ।

मेटासहित सामाजिक सञ्जाल कम्पनीहरूले सुरुदेखि नै उक्त कानुनको विरोध गर्दै आएका छन् । तर अहिले मेटाले कानुन पालना गर्ने प्रतिबद्धता जनाउँदै थप कारबाही जारी राख्ने बताएको छ । ‘कानुन कार्यान्वयनको प्रक्रिया जारी छ र यी सङ्ख्या अझै बढ्नेछन्,’ मेटाले विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद

काठमाडौँ, १३ असोज । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीका अनुसार बागलुङको विभिन्न स्थानमा

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी

काठमाडौँ, १३ असोज । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ ।