भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिकाका-२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ । कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ