त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गरिने

काठमाडौँ, २२ असार । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारका निम्ति जापानसँग अनुदान सहायता लिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न जापानसँग दुई अर्ब ८५ करोड जापानी येन (दुई अर्ब ६८ करोड रुपैयाँ) अनुदान सहायता लिने प्रक्रिया सरकारले अघि बढाएको हो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि दुई अर्ब ८५ करोड जापानी येन अनुदान सहायतासम्बन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरिएको,” अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछिको १०० दिनमा गरेका महत्त्वपूर्ण कार्यको सूचीमा भनिएको छ ।

यसअघि, ०८१ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य गरिएको थियो । त्यति बेला १५ अर्ब रुपैयाँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका