ट्रकको ठक्करबाट एक जनाको मृत्यु

धनगढी, २० असार । कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।

सुर्खेतकै पञ्चपुरी नगरपालिका-११ ढुङ्गीबजारबाट पञ्चपुरी- ४ चनालीका चालक ३१ वर्षीय सन्तोष सिजापति मगरलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई राति १२ बजे भे१क २५९६ नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिइएको थियो । मिनी ट्रकलाई पञ्तपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून