तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, ११ साउन । सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ः०० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुने बताइएको छ ।

यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit