रेसुङ्गा- काठमाडौँ उडान तीन सातादेखि प्रभावित

काठमाडौँ, १९ असार । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने हवाई उडान तीन सातादेखि प्रभावित भएको छ ।

नेपाल एयरलाइन्सको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेयता बिहानको समयमा बाक्लो बादल र खराब मौसमका कारण नियमित उडान सञ्चालन हुन सकेको छैन ।

यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुङ्गा– काठमाडौँ रुटमा साताको तीन दिन– आइतबार, मंगलबार र बिहीबार उडान गर्दै आएको छ । तर वर्षायाम सुरु भएसँगै मौसम प्रतिकूल बन्न थालेपछि उडान प्रभावित भइरहेको थापाले बताए ।

हाल गुल्मीबाट काठमाडौँका लागि प्रतियात्री १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ हवाई भाडा निर्धारण गरिएको छ । उडान तालिकाअनुसार विमान काठमाडौँबाट बिहान ६:३० बजे उड्ने र रेसुङ्गाबाट बिहान ७:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि