राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस् : कांग्रेस

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसका सांसदका सांसद खडकबहादुर बुढालाई बोल्न दिएका थिए । बुढाले भ्रष्टाचारको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि उन्मुक्ति दिन नहुने बताए ।  

सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए ।  उनले भने,‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ । 

सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई धम्क्याएर सस्तोमा आपूर्ति हुने नयाँ सम्झौता खारेज गरी पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न दबाब दिइएको बताए ।  सरकार, भेरिएसन अर्डर मार्फत भ्रष्टाचारमा लिप्त हुन खोजेको आरोप लगाउँदै उनले भने, ‘विगतका ‘ओम्नी’ जस्तै अर्बौँको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब