कतारमा भइरहेको अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकारात्मक

एजेन्सी, १८ असार । कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ । 

दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन् । इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ । 

इरानले युरेनियम संवर्द्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाईन बनाएको छ । विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला छ । 

यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । तेलको मूल्य झण्डै २ प्रतिशतले घट्दै चार महिनायताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै ७१.५ देखि ७२ अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । 

दुवै पक्षले तनाव थप बढ्न नदिई सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोक्का सम्पत्तिसम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून