सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ, १८ असार । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ । 

आजको प्रतिनिधि सभा बैठकबाट विधेयक बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे । विधेयक दफावार छलफलपछि पारित गरिएको हो । उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरू आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले भाग लिएका थिए । यो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा

काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन् । विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने

काठमाडौँ, १८ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।  आज