११ जना जुवाडे पक्राउ

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेर उनीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद ३३ हजार ८० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १० साउन । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६

काठमाडौँ, १० साउन । यात्रीलाई बासी खाना खुवाएको आरोपमा देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको