वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो

काठमाडौँ, १० साउन । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना अर्थात २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयले जारी गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । उक्त वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ऋण र अनुदानको अंश क्रमसः ६९.७ प्रतिशत र ३०.३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई