नेपाल गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेको छ : नेता ज्ञवाली

काठमाडौँ, २ असार । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाल गम्भीर भूराजनीतिक भुमरीतिर धकेलिँदै गइरहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू संकटमा पर्नुभएको छ । दुई महिनाअगाडि बर्बरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै हुनुभएको छ,” “धान रोप्ने बेला मलको अभाव यथावत् छ । महंगी भयावह बनिरहेको छ ।” 

दलहरूले आन्तरिक विषयहरूको सामना गरिरहेको बेला मुख्य राष्ट्रिय मुद्दाहरूमा ध्यान केन्द्रित गर्न नसकेको उनको भनाइ छ । “तर, यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ ।”

ज्ञवालीले थपेका छन्, “गरिखानेहरूको ट्याम्पो भिरबाट गुडाइदिएर ठूलै शत्रुमाथि ‘सर गरेको’ आत्मरमितामा रमाइरहेको छ ।” राष्ट्रपति संस्थाको अपमान, संसद्को अवमूल्यन, मतदाताहरूप्रति उपेक्षा, आफ्नै पार्टीप्रति बेवास्ता, लोकतान्त्रिक अधिकारहरूको संकुचन, राजनीतिक प्रतिशोध, राष्ट्रसेवकहरूको हुर्मतलगायत विषय समेटेर उनले समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् ।  आज

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका