भन्सार दर हेरफेर र बजेटको सूचना चुहावट प्रकरणमा संसदीय छानबिन समिति माग

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सरकारका कामकारबाही र भ्रष्टाचारका मुद्दाहरू बारेका गतिविधिमा नियतमाथि आशंका गरेका हुन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर हेरफेर र बजेटको सूचना चुहावट प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरे ।

सांसद शाहीले विद्युतीय सवारी साधनमा कर छली गरी राज्यलाई अर्बौँको राजस्व नोक्सानी पुर्‍याइएको दाबी गर्दै भने, ‘यदि केही भएकै थिएन भने दुई हप्तासम्म प्रधानमन्त्री कार्यालयले भन्सारबाट आएका गाडीहरू किन नियन्त्रणमा राख्यो ? यसको जवाफ सत्ता पक्षले होइन, प्रधानमन्त्रीले दिनुपर्छ ।’

उनले व्यक्तिगत रूपमा प्रमाण खोज्नुभन्दा संसदीय समिति बनाएर दूधको दूध र पानीको पानी छुटाउन सरकारलाई चुनौती दिए । 

प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर ‘नेपालले भारतको सिमाना मिचेको छ’ भनी दिएको अभिव्यक्तिको शाहीले आलोचना गरे । ‘प्रधानमन्त्रीको यो कुरालाई सही भन्दै हामीले थपडी बजाउन सकेनौँ । राष्ट्रको कार्यकारी प्रमुखले नै यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनु लज्जास्पद छ,’ शाहीले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । २०८३ साल भदौ १४ गते आइतबारको राशिफल ।    मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट