बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । 

भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको काम पूरा गरी एक विशेष कार्यक्रमका बिच भवन बुझाएको हो ।

झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ । पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ

काठमाडौँ, ५ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १० हजार ५