जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित सडक खण्डमा गुडिरहेको सवारी साधन दुर्घटनामा परेको हो।

सदरमुकाम मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप सडकमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर सोही ठाउँका ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हो ।

सोही दुर्घटनामा परेर स्थानीय मिन बहादुर भाट र बद्री भाट घाइते भएका छन् । उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेततर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण