शीघ्र वामपन्थी एकता गरौँ : संयोजक प्रचण्ड

काठमाडौँ, १४ असार । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताएका छन् । 

आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय  सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै प्रचण्डले दौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको बताए । 

उनले भने, ‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’ ‘यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ’, प्रचण्डले भने, ‘सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब