‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ रमेश रुछेन राईलाई प्रदान

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान गरेको छ ।

राष्ट्रियसभा गृहमा आयोजित हिरक महोत्सवको अवसरमा पूर्वराष्ट्रपति एवं प्रमुख अतिथि विद्यादेवी भण्डारीले उक्त पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्ष छनोट गरिएको हो । राईलाई पुरस्कारस्वरूप २ लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरियो । रमेश इलामको सूर्योदय नगरपालिका-११ का स्थायी बासिन्दा हुन् ।

भण्डारीको विचार, व्यक्तित्व र राजनीतिक योगदानलाई दस्तावेजीकरण तथा प्रचार-प्रसार गर्न योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई फाउण्डेशनले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक

काठमाडौँ, १४ असार । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ, १४ असार । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ ।

धनगढी, १४ असार । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय