आजको मौसम

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी,  बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा