गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ, १० जेठ । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् ।

शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा शनिबार साँझ करिब ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिप चालक मकवानपुरको हेटौडा नगरपालिका–४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

श्रेष्ठमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १३ साउन । झापामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन

काठमाडौँ, १३ साउन । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् ।

काठमाडौँ, १३ साउन । ठूलो परिमाणको लागुऔषधसहित काठमाडौँबाट तीनजना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४  गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको