आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा युवक घाइते

काठमाडौँ, १३ साउन । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा  छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीका अनुसार मंगलबार दिउँसो साढे १ बजे थापा आफ्नै बारीमा मकैबाली जोगाउन बाँदर लखेट्न लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका थिए। बारीको डिलमा चिप्लिँदा बन्दुक पड्किएको थियो ।

बन्दुक पड्किँदा थापाको दायाँ हातको पञ्जामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक जफत गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जिसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ