सुनसरी घटना जिम्मा सरकारले लिनुपर्छ: सभापति थापा

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

मंगलबार साँझ भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले राजनीतिक दल, नागरिक समाज र स्थानीय जनताले यतिबेला आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने बताएका हुन् । अहिले परिस्थिति बिग्रिदै गएकाले सबैको जिम्मेवारी पनि बढेको उनले बताए । त्यसैले यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभएर संयमता चाहिएको सभापति थापाले बताए ।

उनले भनेका छन्, ‘ओमप्रकाश मेहतामाथि ज्यानै जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौं । सरकारसँग जवाफ पनि माग्छौं र जिम्मेवार पनि बनाएर पनि छाड्छौं । हामीले संयमता गुमायौं र जिम्मेवारी पूरा गर्न सकेनौं भने हामी सबैले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for